सलाहकाे उत्कृष्ट प्रदर्शनमा लिभरपुलले म्यानचेस्टर सिटीसँगको दूरी बढायाे

 पुस ७, २०७५ शनिबार ७:३७:१८ | उज्यालो सहकर्मी
unn.prixa.net

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले चार अंकको अग्रता लिएको छ । 

शुक्रबार राति भएको खेलमा उल्भरह्याम्टनलाई २–० ले हराउँदै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीसँगको दूरी चार अंकमा लम्ब्यायो । यद्यपी सिटीले एक खेल कम खेलेको छ । 

उलभरह्याम्टनको मैदानमा भएको खेलमा लिभरपुललाई जित दिलाउनका लागि मोहम्मद सलाहको प्रदर्शन उत्कृष्ट रह्यो । १८औं मिनेटमा सलाहले फाविन्होको पासमा गोल गर्दै लिभरपुललाई अग्रता दिलाएका थिए ।
 
६८औं मिनेटमा भर्जिल भ्यान जिकले गोल गर्दा सलाहले एसिस्ट गरेका थिए । जीतसँगै लिभरपुलले ४८ अंक बनाएको छ । उल्भरह्याम्टन भने २५ अंक सहित सातौं स्थानमा छ ।


 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया