ईपीएल: उपाधिका लागि ललितपुर प्याट्रियट्सले दियाे भैरहवालाई १५६ रनको लक्ष्य

 पुस ७, २०७५ शनिबार १४:४४:८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - एभरेष्ट प्रिमियर लिग ईपीएलको फाइनलमा ललितपुर प्याट्रियोट्सले भैरहवालाई १५६ रनको लक्ष्य दिएको छ ।

टियू मैदान कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको ललितपुरले निर्धारित ओभरमा १९.१ ओभरमा सबै विकेट गुमाउँदै १५५ रन बनाएको हो ।

ललितपुरका जयककिशन कोल्सावालाले अर्धशतक बनाएका थिए । ४७ बलमा ५० रन बनाउँदा २ चौका र ३ छक्का प्रहार गरेका कोल्सावालाले समग्रमा ५७ रनको योगदान दिए ।

एक इनबाट लगातार विकेट गुमे पनि अर्को इनमा कोल्सावालाले ललितपुरको पारि अगाडि बढाएका थिए । उनले आफ्नो पारीमा ३ छक्का र ३ चौका प्रहार गरे । 
ओपनिङ गर्न आएका जयकिशन कोल्सावाला र गौरब तोमारले पहिलो विकेटका लागि ४१ रनको साझेदारी गरेका थिए । तोमार १९ बल खेल्दै २३ रन बनाएर रायन टेन डोस्चेको बलमा आउट भएका थिए ।

रविइन्दर सिंहको हातबाट क्याच आउट भएका तोमरले आफ्नो इनिङमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । तोमर आउट भएपछि मैदान आएका ललितपुरका कप्तान ज्ञानेन्द्र मल्ल धेरै बेर टिक्न सकेनन् । उनले ७ बलमा दश रन बनाउँदा १ छक्का प्रहार गरे । ज्ञानेन्द्र भैरहवाका कप्तान शरद भेषावकरको बलिङमा कुशल मल्लको हातबाट क्याच आउट भएका थिए ।

ज्ञानेन्द्र पछि मैदान आएका पवन सर्राफ दुर्भाग्यबस रन आउट भए । ननस्ट्राइक इनमा रहेका पवन अभिनास बोहराले बलिङ गरेको बलमा बलरको हातमा लागेर स्टम्प ढलेको थियो ।

पवनले ९ बल फेस गरेका थिए । सर्राफ आउट भएपछि मैदान आएका सन्दिप जोराले आक्रामक पारि खेले । जम्मा ११ बल फेस गरेका सन्दिपले १ चौका र २ छक्काको मद्दतले २४ रन बनाउँदै पेभेलियन फर्किए । भुवन कार्कीको बलिङमा अभिनास बोहराले क्याच गर्दै पेभेलियनको बाटो देखाएका थिए ।

त्यसपछि सन्नी पटेल १ रनमै आउट भएका थिए । कुशल भुर्तेल र कोल्सावालले १८ रनको साझेदारी गर्दै १४५ रन बनाउँदा भुर्तेल छैटौं विकेटको रुपमा आउट भए ।

भुर्तेलले ७ बलमा ११ रन बनाउँदा २ चौका प्रहार गरेका थिए । त्यसलगत्तै कोल्सावाला ५७ रन बनाउँदै कृष्ण कार्कीको बलमा बोल्ड भएका थिए । कोल्सावाल पछि  क्रिजमा आएका सोनु तामाङ २ रनमा आउट हुँदा टिमको स्कोर ८ विकेटको नोक्सानीमा १५२ रन पुगेको थियो । योगेन्द्रसिंह कार्की र रासिद खानले नवौं विकेटका २ रन थप गर्दा खान खातानै नखोली आउट भएका थिए ।

योगेन्द्र कार्की व्यक्तिगत ३ रनमा आउट भएपछि ललितपुरको पारि समाप्त भएको थियो । राम्रो सुरुआत गरेको ललितपुरले अन्तिममा १० रन जोड्दा ५ विकेट खेर फालेको थियो । 

भैरहवाका लागि कृष्ण कार्कीले ३ मोहम्मद नाभिद र रेनटेन डोट्स्चे २ विकेट लिँदा शरद भेषावकर र भुवन कार्कीले एक एक विकेट लिएका थिए ।

 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया