सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
सप्तरी – नागरिकता किर्ते अभियोगमा प्रकाउ परेर सप्तरी कारागारमा थुनुवा जीवन बिताइरहेका एक भारतीय नागरिकको ज्यान गएको छ ।
भारतको हरियाणा प्रदेशका अन्दाजी ४० वर्षीय सतिश अग्रवालको ज्यान गएको सप्तरी कारागार श्रोतले जनाएको छ । मुटुको समस्या र चिनी रोगका कारण थलिएका अग्रवालको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल भर्ना गरिएको थियो ।
अग्रवालको अस्पतालमा नै ज्यान गएको सप्तरी कारागारका जेलर सत्यनारायण यादवले जानकारी दिनुभयो । सुनसरीको दुहबी निवासी अग्रवाललाई सप्तरी जिल्ला अदालतको आदेश अनुसार गएको वैशाख २४ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो । उहाँमाथि गलत विवरण पेस गरी नेपाली नागरिकता लिएको विषयमा मुद्दा दर्ता भएको छ ।
भारतीय नागरिक अग्रवालले सप्तरी सदरमुकाम राजविराज नगरपालिका–१, बाट वंशजका आधारमा नेपाली नागरिकता लिएको प्रहरी श्रोतको दाबी छ । अग्रवालविरुद्ध जिल्ला प्रशासन कार्यालय सप्तरीमा गएको फागुन २३ गते परेको उजुरीका आधारमा प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।