आईपीएल क्रिकेटमा बैंगलुरुको दोस्रो जित, हैदरावादलाई ३५ रनले...
बैशाख १४, २०८१ शुक्रबार
रुपन्देही - बुटवल १३ का वडा सचिव सेवाग्राहीसँग घुस लिँदैै गर्दा सोमबार पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलबाट खटिएको टोलीले बुटवलको हाटबजार लाइनबाट बुटवल-१३ का वडा सचिव भरतकुमार काउचालाई बिहान ११ बजेतिर नियन्त्रणमा लिएको हो । उनीबाट ५ हजार घुस समेत बरामद भएको छ ।
सेवाग्राहीसँग बसाइसराइ दर्ताको काम गर्न ५ हजार घुस लिँदै गर्दा काउचालाई पक्राउ गरिएको अख्तियार बुटवलका प्रमुख रबिलाल पन्थले जानकारी दिनुभयो । पक्राउ परेका काउचालाई आवश्यक अनुसन्धान पूरा गरेपछि काठमाडाैं पठाउने प्रमुख पन्थको भनाई छ ।
रुपन्देहीका उज्यालो सहकर्मी भवानीप्रसाद पाण्डे बुटवल एफएममा पनि काम गर्नुहुन्छ ।