ऐतिहासिक टेष्टमा भारतसँग अफगानिस्तान पराजित

 असार १, २०७५ शुक्रबार २०:३०:२५ | उज्यालो सहकर्मी

अफगानिस्तान आफ्नो ऐतिहासिक पहिलो टेष्ट क्रिकेटमा पराजित भएको छ ।

भारतसँगको एक मात्र टेष्ट क्रिकेटको दोश्रो दिन नै आज अफगानिस्तान १ पाली र २ सय ६२ रनले पराजित भएको हो । 

बेंग्लोरमा घरेलु टोली भारतलाई आज दोश्रो दिन ४ सय ७४ रनमा अलआउट गरेपछि पहिलो पाली थालेको  अफगानिस्तान १ सय ९ रनमा नै अल आउट भयो । फलो अनमा परेको अफगानिस्तानलाई भारतले ब्याटिङकै निम्तो दिएपछि दोश्रो पालीमा पनि उ १ सय ३ रनमा अल आउट भयो । 

अन्तर्राष्ट्रिय क्रिकेट परिषदबाट टेष्ट राष्ट्रको मान्यता पाएपछि अफागानिस्तानले पहिलो टेष्ट भारतसँग खेलेको हो ।

अन्तिम अपडेट: कात्तिक २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया