मरेको चितुवा नरभक्षी : डीएनए रिपोर्ट

 पुस १४, २०७५ शनिबार ९:२१:५१ | प्रेमनारायण आचार्य

अर्घाखाँची – झण्डै डेढ महिनाअघि  अर्घाखाँचीको ढिकुरा पियाले खोलामा थापेको पासोमा परेर मरेको चितुवा नरभक्षी नै रहेको पत्ता लागेको छ । नरभक्षी हो होइन भनेर पत्ता लगाउन डीएनए परीक्षणका लागि काठमाडौं पठाइएको थियो । 

‘नरभक्षी चिुतुवा हो होइन भनेर पत्ता लगाउन पासोमा परि उद्धारको क्रममा  मरेको चितुवाको रगत, र्याल, जंगलमा बच्चा भेटिएको स्थानका विभिन्न स्याम्पलहरु परीक्षणका लागि काठमाडौंमा रहेको प्रयोगशालामा पठाइएको थियो’, सहायक वन अधिकृत शिला पोख्रेलले भन्नुभयो, ‘रिपोर्टअनुसार चितुवा नरभक्षी रहेको रिपोर्ट आएको जानकारी प्राप्त भएको छ । तर  रिपोर्टको कागजात सन्धिखर्कमा आइसकेको छैन’, उहाँले भन्नुभयो । 

नरभक्षी चितुवाको आक्रमणले आतंकित बनेका अर्घाखाँचीका स्थानीयहरु चितुवा पासोमा परेर मरेपछि  खुसी भएका थिए । चितुवा पासोमा परेपछि ढिकुरा, नुवाकोट, सन्धिखर्क, खाँचीकोटलगायतका स्थानीयहरु अत्यन्तै हर्षित भएका हुन् । तर नरभक्षी चितुवा हो होइन भनेर पत्ता लगाउन डीएनए परिक्षणका लागि पठाइएको थियो । 

नरभक्षी चितुवाले पछिल्लो पाँच वर्षमा अर्घाखाँचीमा दुई दर्जन बालबाालिकालाई आक्रमण गरेको छ । जस्का कारण १४ जनाको ज्यान गएको र  १० जना घाइते उपचारपछि निको भएका छन्  ।    

चितुवा आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दा त्रसित भएका छन् । चितुवाको आतङ्कले जिल्लावासी त्रसित भइरहेका छन् । 

चितुवाको डरले गाँउ छाडन बाध्य भएको र चेलीबेटी तथा आफन्तहरु बालबच्चा लिएर ढिकुरा, कुर,  किमडाडा, नुवाकोटलगायतका स्थानमा आउन छाडेको समयमा ढिकुराको पियाले खोलामा राखेको पासोमा चितुवा परेर उद्धारको क्रममा मरेको हो ।

डेढ महिनाअघि  नरभक्षी चितुवाको आक्रमणबाट ढिकुराको पियालेमा  ४ वर्षीय बालकको ज्यान गएपछि नरभक्षी चितुवा मार्न प्रहरी परिचालन गरिएको थियो । स्थानीयहरुले चितुवा पासोमा पार्न बाघ खोर (पासो) थापेका थिए । त्यही पासोमा चितुवा परेको थियो । 

पासोमा परेको चितुवा उद्धारको क्रममा मरेको हो । चितुवा नभेटिएपछि तीन ठाउँमा फलामे खोर बनाएर राखिएको थियो । जिल्लाका विभिन्न  स्थानमा चितुवाको आक्रमण नरोकिएर चितुवा आतङ्कले जिल्लावासी त्रसित भएपछि चितुवा मार्न सशस्त्र प्रहरी र नेपाल प्रहरी र वनका सुरक्षाकर्मीसहित ४५  जना सुरक्षाकर्मी पनि परिचालन गरिएको थियो ।  

पटक–पटक चितुवाको आक्रमणबाट बालबालिकाको ज्यान गर्एपछि चितुवा मार्न प्रशासनले नसुनेको गुनासो जिल्लाबासीहरुले गुनासो गरिरहेका थिए । चितुवाको आतंक बढ्दै गएपछि सन्धिखर्क, किमडाडा, अर्घा, खाँचिकोट, ढिकुरा, नुवाकोट, लगायतका स्थानीय बासिन्दाले जिल्ला प्रशासन कार्यालयमा चार वर्षदेखि बारम्बार जिउधनको रक्षाका लागि आग्रह गरिरहेका छन् । 

चितुवावाट सुरक्षाको प्रत्याभूति दिलाउन असफल भएको आरोप खेपिरहेको प्रहरी प्रशासनले चितुवा मार्नका लागि नेपाल प्रहरी र शसस्त्र प्रहरीको गरी ४५ जनाको विशेष टोली  परिचालन गरिएको थियो । 

किमडाडा, सन्धिखर्क, खाँचिकोट, ढिकुरा लगायतका स्थानीयवासीले अर्घाखाँचीमा निरन्तर चितुवाको आक्रमणबाट ठूलो मानवीय क्षति भएपछि जिल्लालाई संकटग्रस्त क्षेत्रको घोषणा गर्न माग गरेका छन् । 
 

 

अन्तिम अपडेट: बैशाख १४, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया