नागरिकलाई सस्तो र सुलभ यातायात सेवा दिन शिखर नरपालिकाले सुरु गर्‍यो नगर बस

 पुस १६, २०७५ सोमबार १३:४८:३३ | विमल बिष्ट
unn.prixa.net

डोटी – शिखर नगरपालिकाले नगरवासीलाई सस्तो र सुलभ रुपमा यातायात सेवा उपलब्ध गराउनका लागि नगर बस सेवा सञ्चालनमा ल्याएको छ । 

नगर बस सेवाको शिखर नगरपालिकाका मेयर सिताराम जोशीले एक कार्यक्रमका बीच सोमबार शुभारम्भ गर्नुभयो । नगरपालिकाले खरिद गरेको २६ सिट पास रहेको उ २ वटा नगरबसले दिपायलदेखि डडेल्धुराको कोरायल खोलासम्म सेवा दिने नगर प्रमुख सिताराम जोशीले जानकारी दिनुभयो ।

नगरपालिकाद्वारा सञ्चालनमा ल्याइएका नगरबसमा भाँडा सार्वजनिक यातायातभन्दा २५ प्रतिशत सस्तो रहेको नगरपालिकाले जनाएको छ । नयाँ संघीय संरचनामा साविकको ९ वटा गाउँ विकास समिति समावेश गरेर शिखर नगरपालिका घोषणा गरिएको थियो । 

कुल ५६ लाख ६० हजारको लागतमा खरिद गरिएका नगरबसले नगरबासीलाई गुणस्तरीय सेवा दिने शिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धर्मराज बिनाडीले जानकारी दिनुभयो ।

प्रमुख प्रशासकीय अधिकृत विनाडीका अनुसार नगरपालिकाले एम्बुलेन्स सेवा सञ्चालनको लागि एम्बुलेन्स खरिद गर्ने प्रक्रिया अघि बढाइएको र नगरपालिकाको खरिद नियमावली अनुसार ३८ लाख ६९ हजारमा एक टिप्पर र ३६ लाख ९५ हजारमा पिकअप गाडी खरिद गरिएको छ ।

यसअघि डोटीकै दिपायल सिलगढी नगरपालिकाले सञ्चालनमा ल्याएका नगर बस सेवाबाट पनि डोटीका नगरबासी प्रत्यक्ष लाभान्वित भैरहेका छन् ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया