सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
बाँके – प्रदेश ५ मा परेको नेपालगञ्जलाई यतिबेला कर्णाली प्रदेशमा गाभ्नुपर्ने आवाज उठिरहेको छ ।
यहाँका उद्योगी व्यवसायीसँगै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवलशम्शेर राणाले पछिल्लो समय सार्वजनिक कार्यक्रमबाट कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा वकालत गर्ने गरेका छन् ।
यहाँका अधिकांश उद्योगी र व्यवसायीहरु यतिबेला खुलेर कर्णाली प्रदेशमा गाभिनुपर्ने पक्षमा लागिरहेका छन् । पछिल्लो समय नेपालगञ्जका मेयर डा. राणाले नेपालगञ्जलाई कर्णाली प्रदेशमा गाभ्नुपर्ने माग उठाउँदै आउनुभएको छ ।
‘सक्नुहुन्छ, नेपालगञ्जलाई प्रदेशको राजधानी बनाऔं’, मेयर राणाले जिल्लाका सांसदहरुलाई भन्नुभएको छ, ‘होइन भने विकल्पका लागि तयार हौं ।’ नेपालगञ्जको ऐतिहासिक सम्बन्ध साविक मध्य र सुदूरपश्चिमका पहाडी जिल्लासँग रहेको भन्दै मेयर राणाले प्रदेश राजधानी पुग्न संघीय राजधानीभन्दा कठिन हुने गरेको बताउनुभयो ।
नेपालगञ्जमा रहेका सरकारी कार्यालयहरु एकपछि अर्को गर्दै सारिएपछि यतिबेला बाँकेबासी प्रदेश ५ आफूहरुका लागि नोक्सानी भएको बताउन थालेका छन् । आरक्षणको हिसाबले पनि यहाँका मधेसी, मुस्लिम र थारु समुदायले कर्णालीबाट बढी फाइदा लिन सक्ने मेयर राणाको भनाई छ ।
संवैधानिक व्यवस्था अनुसार कर्णाली प्रदेशमा गाभिन कठिनाई भए पनि नेपालगञ्जवासीले पहलकदमी लिनुपर्ने डा. राणाको भनाई छ । आर्थिक नगरी नेपालगञ्जको अधिकांश व्यापार व्यवसाय कर्णाली प्रदेशका जिल्लामा हुने भएका कारण यहाँका अधिकांश व्यापारीले प्रदेश ५ भन्दा कर्णाली प्रदेश उपयुक्त हुने बताउँदै आएका छन्। ।