अष्ट्रेलियाविरुद्धको चाैथाे टेस्ट: भारतकाे राम्राे सुरुवात, ४ विकेटकाे क्षतिमा ३०३ रन

 पुस १९, २०७५ बिहिबार १४:४१:० | उज्यालो सहकर्मी
unn.prixa.net

अष्ट्रेलियाविरुद्धको चौथो टेस्टमा भारतले राम्रो सुरुवात गरेको छ ।

सिड्नीमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिँदा ४ विकेटको नोक्सानीमा ३०३ रन बनाएको छ ।

भारतका चेतेश्वर पुजारा १३० रन र  हनुमा विहारी ३९ रनमा नट आउट रहेका छन् ।दोस्रो दिनको खेल शुक्रबार पुजारा र विहारीले अघि बढाउने छन् ।

बिहीबार ओपनर ब्याट्सम्यान मायांक अग्रवाल ७७ तथा केएल राहुल ९ रनमा आउट हुँदा कप्तान विराट कोहली २३ र अजिंक्या रहाणे १८ रनमा पेभेलियन फर्किएका थिए ।

बलिङतर्फ जोश हेजलवुडले २ तथा मिचेल स्टार्क र नेथन लायनले एक एक विकेट लिएका छन् । ४ टेस्ट श्रृंखलामा भारत २–१ ले अगाडि रहेको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया