ग्लोब सकर अवार्ड : रोनाल्डोले पाए उत्कृष्ट खेलाडी र उत्कृष्ट गोलकर्ताको अवार्ड

 पुस २०, २०७५ शुक्रबार ६:४०:५३ | एजेन्सी
unn.prixa.net

पोर्चुगिज स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको पुरस्कार पाएका छन् । 

बिहीबार राति दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड थापे । यसका साथै उनले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जिते । च्याम्पियन्स लिगमा रियल मड्रिडमा हुँदा युभेन्टसविरुद्ध गरेको उनको गोल उत्कृष्ट ठहरियो ।

यस्तै वर्षको उत्कृष्ट प्रशिक्षक फ्रान्सका डिडीयर डेस्च्याम्पले पाए । जसले फ्रान्सलाई विश्वकपको उपाधि दिलाएका थिए । वर्ष २०१८ को उत्कृष्ट क्लबको अवार्ड भने एट्लेटिको मड्रिडले जित्यो ।

धेरै क्लबमा प्रशिक्षण गरेका प्रशिक्षक फाबियो कापेलो करियर कोच अवार्डबाट सम्मानित भए । उनले एसी मिलान, रियल मड्रिड, रोमा र युभेन्टसलाई सम्हालेका थिए ।

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया