रियल मड्रिडलाई भिल्ला रियलले बराबरीमा रोक्यो, रियल मड्रिडले शीर्ष तीनमा उक्लने मौका गुमायो

 पुस २०, २०७५ शुक्रबार ७:१८:२० | एजेन्सी

स्पेनिस ला लिगामा रियल मड्रिड भिल्ला रियलसँग दुई–दुई गोलको बराबरीमा रोकिएको छ ।

भिल्ला रियलको घरेलु मैदानमा भएको खेलमा रियलले एक गोलको अग्रता जोगाउन सकेन । खेलको चौथो मिनेटमा सान्टी काजोर्लाको गोलमार्फत भिल्लारियलले अग्रता बनाएको थियो । तर साताैँ मिनेटमा करिम बेन्जिमाले गोल गर्दै खेल बराबरीमा पुर्‍याए ।

२० औँ मिनेटमा भारानेको गोलमार्फत रियलले दुई–एकको अग्रता बनायो । जसलाई उसले खेलको पहिलो हाफसम्म कायम राखेको थियो । तर ८२ औँ निेटमा फेरी सान्टीले गोल गर्दै रियललाई बराबरीमा चित्त बुझाउन बाध्य बनायो । 

यो बराबरीले रियलले शीर्ष तीनमा उक्लने मौका गुमाएको छ । उसको १७ खेलबाट ३० अंक छ । शीर्ष स्थानको बार्सिलोनाको ३७ अंक छ । 

 

अन्तिम अपडेट: बैशाख ३, २०८१

तपाईको प्रतिक्रिया