कोशी प्रदेशमा कृषि बालीले ढाकेको क्षेत्रफल घटेको राष्ट्र बैङ्कक...
पुस २९, २०८१ सोमबार
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले न्यायालयको गरिमालाई कायम राख्न वरिष्ठ न्यायाधीश दीपकराज जोशीलाई मुद्दाको पेशी नतोक्ने अप्रिय निर्णय गर्नु परेको बताउनुभएको छ ।
नेपाल बार एसोसिएशनका अध्यक्ष शेरबहादुर केसीसहितको समूहसँग शुक्रबार भएको भेटमा उहाँले आफूले न्यायपालिकाको गरिमाका लागि नचाहेर पनि अप्रिय निर्णय लिनुपरेको बताउनुभयो ।
प्रधानन्यायाधीश राणाले आफू देश र जनतालाई न्याय दिन नै सर्वोच्च अदालतमा प्रधानन्यायाधीशका रुपमा आएको र न्यायालय र देशलाई हित भएमा आफू पदै छोड्न तयार रहेको स्पष्ट पार्नुभयो ।
बारका अध्यक्ष केसीले जोशीलाई संवैधानिक इजलासबाट फिर्ता बेलाउने र मुद्दामा पेशी नतोक्ने विषयमा चासो व्यक्त गर्दै सहमति र सौर्हादपूर्ण वातावरणमा निकास खोज्नुपर्ने कुरा राख्नुभएको थियो ।
त्यो जिज्ञासमा प्रधानन्यायाधीश राणाले आफूले सहमतिमा काम गर्न खोज्दा जोशी नमान्नु भएकाले यस्तो कदम उठाउन बाध्य भएको र आफूले न्यायालयको छविमाथि उठाउन निर्णय गरेको स्पष्ट पार्नुभयो ।
न्याय परिषद्को बिहीबारको बैठकले संवैधानिक इजलासमा वरिष्ठ न्यायाधीश जोशीको स्थानमा न्यायाधीश दीपककुमार कार्कीलाई तोकेको थियो । प्रधानन्यायाधीश राणाले पदबहालीकै क्रममा आफूले न्यायालयको गरिमा उच्च बनाउन आफूले जोशीलाई मुद्दामा पेशी नतोक्ने घोषणा गर्नुभएको थियो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।