ताप्लेजुङमा जीपमा करेन्ट लागेर आगलागी हुँदा चार जनाको ज्यान गयो
बैशाख ८, २०८२ सोमबार
काठमाण्डाै – आईसीसी च्याम्पियन्स ट्रफीका लागि बङ्गलादेशको टोली घोषणा भएको छ । च्याम्पियन्स ट्रफीका लागि नजमुल होसेनको कप्तानीमा बङ्गलादेश क्रिकेट बोर्डले १५ सदस्यीय टोली घोषणा गरेको हो ।
टोलीमा पूर्वकप्तान तथा स्टार अलराउन्डर शाकिब अल हसन परेका छैनन् । उच्चस्तरीय घरेलु तथा अन्तर्राष्ट्रिय क्रिकेटमा बलिङ गर्न प्रतिबन्धित शाकिब आफ्नो बलिङ एक्शनको दोस्रो परीक्षणमा पनि असफल भएका छन् ।
सन् २०१७ मा भएको पछिल्लो संस्करणमा बङ्गलादेश सेमिफाइनलसम्म पुगेको थियो । प्रतियोगितामा यो नै बङ्गलादेशको उत्कृष्ट प्रदर्शन थियो । बङ्गलादेशको टोलीका कप्तान होसेनसहित सौम्य सरकार, तन्जिद हसन, तहिद हृदोय, मुशफिकर रहिम, एमडी महमुदउल्लाह, जकेर अली अनिक, मेहदी हसन मिराज, रिहद होसेन, तस्किन अहमद, मुस्ताफिमर रहमान, प्रवेज होसै इमोन, नसुम अहमेद, नन्जिम हसन सकिब र नहिद राना छन् ।
नवौं संस्करणको च्याम्पियन्स ट्रफी आउँदो फेब्रुअरी १९ देखि मार्च ९ तारिखसम्म पाकिस्तानमा आयोजना हुँदैछ । प्रतियोगितामा बङ्गलादेश समूह ‘ए’ मा छ । बङ्गलादेशले फेब्रुअरी २० मा भारतसँग खेल्दै प्रतियोगिताको शुरुआत गर्नेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।