झापाको जामुनखाडी सिमसार क्षेत्रमा पर्यटकको आवागमन बढ्यो
बैशाख ८, २०८२ सोमबार
काठमाण्डौ – नेपाल सुपर लिग (एनएसएल) फुटबलमा पोखरा थन्डर्सले एफसी चितवनलाई हराएको छ ।
त्रिपुरेश्वरको दशरथ रङ्गशालामा हिजो भएको खेलमा पोखारले चितवनलाई ३–० ले हराउँदै एनएसएलको दोस्रो क्वालिफायरमा पुग्न सफल भएको छ ।
अब पोखराले दोस्रो क्वालिफायरमा पर्सि धनगढी एफसीसँग फाइनल प्रवेशको लागि खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढीलाई २–१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।
तेस्रो संस्करणको एनएसएल प्रतियोगितामा एफसी चितवन ३ जीत १ बराबरी र २ हारमा १० अङ्कसहित तेस्रो स्थानमा रहँदै प्ले अफमा पुगेको हो ।
पोखराले २ जीत, २ बराबरी र २ हारको नतिजामा ८ अङ्क जोड्दै गोल अन्तरमा काठमाण्डौ रेजर्सलाई हराएर प्ले अफमा पुगेको हो । प्रतियोगिताको फाइनल खेल आउँदो शनिवार हुने छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।