झापाको जामुनखाडी सिमसार क्षेत्रमा पर्यटकको आवागमन बढ्यो
बैशाख ८, २०८२ सोमबार
पाल्पा – पाल्पाको बगनासकाली गाउँपालिका ४ को भित्री सडक खण्डमो जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने एक जना घाइते भएका छन् ।
गएराति भएको दुर्घटनामा कालीगण्डकी गाउँपालिका १ की १८ वर्षीया एलिसा सारुको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।
दुर्घटनामा घाइते बगनासकाली ४ भालेबासकी ३६ वर्षीया निता दर्लामीको लुम्बिनी मेडिकल कलेज, प्रभास तानसेनमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
सदरमुकाम तानसेनदेखि बगनासकाली ४ भालेबासका लागी छुटेको लु १ ज १७२४ नम्बरको जीप हिजो बेलुका दुर्घटनामा परेको हो । जीपमा चालकसहित ९ जना यात्रु रहेकामा अरु सबै सकुशल रहेको प्रहरीले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।
पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ ।