अमेरिकाबाट निर्वासित भएर थुनिएका भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव

 वैशाख ८, २०८२ सोमबार १०:१४:२२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

एल साल्भाडोरका राष्ट्रपतिले अमेरिकाद्वारा निर्वासित भएर आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गरेका छन्  ।

एल साल्भाडोरका राष्ट्रपति नायिब बुकेलेले भेनेजुएलाका समकक्षी निकोलस मादुरोसँग यदि भेनेजुएलाले यही सङ्ख्यामा राजनीतिक बन्दीहरूलाई रिहा गर्छ भने आफ्नो देशमा थुनिएका २५२ भेनेजुएलाका नागरिकहरूलाई स्वदेश फिर्ता पठाउने प्रस्ताव गर्नुभएको हो ।

यीमध्ये अमेरिकी नागरिकसहित ५० जना अरु देशका कैदीहरू पनि समावेश छन् । उहाँले भेनेजुएलाका राजनीतिक बन्दीहरूलाई उनीहरूले राष्ट्रपति मादुरोको विरोध गरेकोले जेल हालिएकोमा भेनेजुएलाका निर्वासितहरू भने धेरैजसो बलात्कार र हत्या अभियोगमा जेल परेका बताउनुभएको बीबीसीले जनाएको छ ।

भेनेजुएला सरकारले कुनै पनि राजनीतिक बन्दी नरहेको तर्क गरिरहँदा अधिकारवादीले भने सरकारको तर्क अस्वीकार गरेका छन् । भेनेजुएला सरकारले भने कैदी आदनप्रदानको प्रस्तावमा सार्वजनिक रूपमा टिप्पणी गरेको छैन ।

पछिल्लो केही हप्तामा दुई सयभन्दा धेरै भेनेजुएलाका नागरिकहरूलाई अमेरिकाबाट एल साल्भाडोर पठाइएको थियो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले उनीहरूलाई एउटा आपराधिक गिरोहका सदस्य भएको आरोप लगाउनुभएको छ । अमेरिकाले एल साल्भाडोरलाई निर्वासितहरूलाई आतङ्कवाद बन्दीगृहमा राख्न भुक्तानी गर्ने गरेको छ  । 
 

अन्तिम अपडेट: बैशाख ८, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया