म्याराडोना अस्पतालबाट डिस्चार्ज

 पुस २१, २०७५ शनिबार १०:१:४९ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अर्जेन्टिनी लिजेन्ड डिएगो म्याराडोना फेरि एकपटक अस्पताल भर्ना भएका छन् । म्याराडोनाको पेटभित्र रगत प्रवाह बढी भएकाले उनलाई अस्पताल भर्ना गरिएको थियो । तर उनको त्यो समस्या त्यती गम्भीर नभएकोले अस्पतालबाट डिस्चार्ज भैसकेका छन्

५८ वर्षीय म्याराडोना नियमित मेडिकल चेकअपमा जाँदा उनको डाक्टरले त्यो समस्या देखाएका थिए । जसले गर्दा उनको परिवारले उनलाई लगत्तै अस्पताल भर्ना गरेका थिए । उनकी छोरीले मिडियासँग कुरा गर्दै उनको समस्या सामान्य रहेकाले अस्पतालबाट डिस्चार्ज भइसकेको बताइन् ।

सन् १९८६ को विश्वकपको उपाधि अर्जेन्टिनालाई दिलाउदाका कप्तान म्याराडोना हाल मेक्सिकन दोस्रो डिभिजन क्लब डोराडोस डी सिनालोको प्रशिक्षक रहेका छन ।


 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया