जंगली जनावरले बाली नोक्सान गरेपछि हरिपुरका स्थानीयवासीले मागे सहयोग

 पुस २१, २०७५ शनिबार १६:४४:३३ | रामबाबु खड्का
unn.prixa.net

सर्लाही – जंगली जनावरले बाली नोक्सान गरेर  हैरान पारेपछि सर्लाही हरिपुर-१, का किसानहरुले स्थानीय निकायसँग  सहयोगका लागि आग्रह गरेका छन।

उनीहरुले डिभिजन वन कार्यालय सर्लाही, हरिपुर नगरपालिका, बरहथवा नगरपालिका हरिवन नगरपालिका र बागमती नगरपालिकासँग जंगली जनावरको छेकवार गर्न आर्थिक  सहयोगको लागि आग्रह गरिएको बिहानी सामुदायिक वनका अध्यक्ष दिनेशराज थापाले जानकारी दिनुभयो ।

नजिकै रहेको सामुदायिक वन र साझेदारी वनबाट आएका जंगली जनावरले स्थानीय किसानले लगाएको अन्न बाली उखु बाली नष्ट पार्न थालेपछि  उनीहरुले प्रति कठ्ठा दुई हजारका दरले पैसा उठाएर तारजाली लगाउन थालेका छन ।

किसानहरूको मात्र लागानीले पुरै जंगलमा तारजाली लगाउन नसकिने भएकाले डिभिजन वान र स्थानीय जनप्रतिनिधिहरुसँग आर्थिक सहयोगको लागि हारगुहार गरेको स्थानीय गोपाल बस्नेतले बताउनुभयो ।

मुर्तियाको जंगलबाट आएका हरिण, मृग, निलगाई, बदेल, बाँदरलगायतका जंगली जनावरले बाली नोक्सान गरेपछि दिनमा भोक न रातमा निन्द्रा भएको किसानहरुको भनाई छ ।

जंगली जनावर रोक्न  यस वर्ष झण्डै एक किलोमिटर क्षेत्रमा तारजालीको घेराबेरा गर्ने र त्यसलाई  आगामी वर्ष थप विस्तार गर्दै लैजाने  अध्यक्ष थापाले जानकारी दिनुभयो । बिहानी सामुदायिक वनले तारजालीको लागि केही रकम उपलब्ध गराएको  र बाँकी रकम किसानहरुले बिघा अनुसारको पैसा उठाएर झण्डै एक किलोमिटर जंगलमा जाली लगाउने तयारी  गरेका छन ।

जनावरले बाली नोक्सान गर्न थालेपछि   किसानले अहिले जंगली जनावर धपाउन मासिक  सात हजार तलब दिएर हेरालु राखेका छन । रात दिन जंगली जनावले दुःख दिन थालेपछि  कतिले सस्तो मूल्यमा जग्गा  बिक्री गररे बसाइँ  सरेका छन । जंगली जनावरले नम्बरी आवदीभित्र नोक्सानी पुर्यारए रित पुर्योर निवेदन दिए स्थलगत मुचुल्का गरेर क्षतिपूर्ति दिन सकिने  डिभिजन वन कार्यालय सर्लाही वन अधिकृत माधवप्रसाद देवले जानकारी दिनुभयो ।

स्थानीयवासी बाली जोगाउन र जंगली जनावरको संरक्षण गर्न  जुटेकाले यसमा आफूले सक्दो सहयोग गर्ने हरिपुर नगरपालिकाका प्रमुख जमरुद्दिन मंसुरले बताउनुभयो । त्यस्तै जंगली जनावरले केही वर्षदेखि जिल्लाको विभिन्न स्थानमा लगाएको  अन्न बालीमा नोक्सानी पुर्याकएको छ।
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

रामबाबु खड्का

रामबाबु खड्का सर्लाहीका उज्यालो सहकर्मी हुन् ।

तपाईको प्रतिक्रिया