विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव नहुने

 असार ३, २०७५ आइतबार १३:४७:२५ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाल विद्युत प्राधिकरणले विशेष आर्थिक क्षेत्रमा विद्युत अभाव हुन नदिने घोषणा गर्नुभएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सरकारले तय गरेको विशेष आर्थिक क्षेत्रमा चाहे जति नै विद्युत उपलब्ध गराउने घोषणा गर्नु भएको हो । उहाँले विशेष आर्थिक क्षेत्रमा विद्युतको अभाव रहेको नभन्न पनि सम्बन्धित निकायसँग आग्रह गर्नुभयो ।

विशेष आर्थिक क्षेत्र प्राधिकरणले आइतबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले आफूले विशेष आर्थिक क्षेत्रका लागि ६ महिनाअघि नै साविकको उद्योग मन्त्रालयमा आवश्यक विद्युत उपलब्ध गराउने लिखित प्रतिवद्धता व्यक्त गरेको स्मरण गराउनुभयो ।

प्राधिकरणले भैरहवा विशेष आर्थिक क्षेत्रका लागि तत्काल विद्युत उपलब्ध गराउन सकिने जनाएको छ । भैरहवा विशेष आर्थिक क्षेत्रमा तत्कालका लागि चाहिने १३ दशमलव ५ मेघावाट विद्युत उपलब्ध गराउन कुनै पनि समस्या नरहेको प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले बताउनुभयोे ।

सरकारले घोषणा गरेका सबै विशेष आर्थिक क्षेत्रमा विद्युत उपलब्ध गराउन आवश्यक सब–स्टनेशनहरुको व्यवस्था गरिसकेको प्राधिकरणको दाबी छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया