प्रभावकारी न्याय सम्पादन गर्न छुट्टै कार्यालय खाेल्दै बैतडीका स्थानीय तह

 पुस २२, २०७५ आइतबार १६:५६:१५ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – न्यायिक समितिलाई प्रभावकारी बनाउन बैतडीको पुरचौंडी नगरपालिकाले न्यायिक समितिको अलगै कार्यालय बनाएको छ ।

न्यायिक समितिले प्रदान गर्ने सेवालाई प्रभावकारी बनाउने र न्यायिक समितिको काम कारबाहीका बारेमा सबैलाई जानकारी दिनका लागि अलगै कार्यालयको व्यवस्था गरिएको न्यायिक समितिको संयोजक जानकी बमले बताउनुभयो ।

समितिका लागि कार्यपालिकाबाट निर्णय गरेर एकजना कर्मचारीको समेत व्यवस्था गरिएको उहाँले बताउनुभयो । न्यायिक समितिमा आएका मुद्दालाई किनारा लगाउन प्रहरी चौकीमा जानुपर्ने बाध्यताको अन्त्य गर्दै न्यायिक समितिको कार्यालय स्थापना गरेको उहाँले बताउनुभयो । न्यायिक समितिमा छिट्टै कानुनी सल्लाहकार राख्ने तयारी समेत भइरहेको उहाँले बताउनुभयो ।

यस्तै जिल्लाका अन्य स्थानीय तहहरुले समेत इजलास निर्माण र कानुनी सल्लाहकार राख्ने तयारी गरेका छन् । न्यायिक समितिका कामलाई प्रभावकारी बनाउनका लागि कानुनी सल्लाहकार राख्ने तयारी भएको दशरथचन्द नगरपालिकाका न्यायिक समिति संयोजक मीना चन्दले बताउनुभयो । 

नेपालको संविधानको धारा २१७ मा आफ्नो अधिकार क्षेत्रभित्रका विवाद निरुपण गर्नका लागि न्यायिक समिति रहने व्यवस्था गरिएको छ । स्थानीय तहका उपप्रमुखको संयोजकत्वमा रहने समितिले स्थानीयस्तरमै न्याय दिनका लागि समितिको प्रावधान राखिएको हो ।

बैतडीमा न्यायिक समितिमा धेरैजसो घरेलुहिंसाका मुद्दाहरु आउने गरेका न्यायिक समिति संयोजकहरुले बताएका छन् । 


 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया