भ्रष्टाचार नियन्त्रण गर्न सरकार असफल : डाक्टर भट्टराई

 पुस २२, २०७५ आइतबार १८:५७:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाडौं – देशमा अर्बौँको भ्रष्टाचार हुँदा पनि त्यसलाई नियन्त्रण गर्न सरकार असफल भएको नयाँ शक्ति पार्टी नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आरोप लगाउनुभएको छ ।

डा. भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीले दाबी गरेजस्तो देशमा सुशासन कायम हुन नसकेको प्रतिक्रिया पनि दिनुभयो । आइतबार नयाँ बानेश्वरस्थित संसद भवन परिसरमा संचारकर्मीमाझ उहाँले वाइडबडी विमान खरिद प्रकरण, एनसेल, बुढिगण्डकी जलविद्युत आयोजनामा अर्बौँ अर्ब भ्रष्टाचार हुनु दूर्भाग्यपूर्ण रहेको बताउनुभयो ।

यसबारे आफ्नो पार्टीले संसदमा गम्भीर ढंगले कुरा उठाउने जानकारी पनि दिनुभयो । पूर्व प्रधानमन्त्री समेत रहनु भएका भट्टराईले देशमा शान्ति सुरक्षा कायम गर्न पनि असफल भएको भन्दै सरकारको आलोचना गर्नुभयो ।
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया