नेपाली कामदार लैजाने विषयमा छलफल गर्न जापानबाट प्राविधिक समूह आउने

 पुस २३, २०७५ सोमबार १९:११:११ | उज्यालो सहकर्मी

काठमाडौं – नेपाली कामदार लैजाने विषयमा छलफल गर्न जापानबाट प्राविधिक समुह नेपाल आउने भएको छ ।  

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टसँग सोमबार भएको भेटमा नेपालका लागि जापानी राजदूत एच इ मासामिची साइगोले यसबारे जानकारी गराउनुभएको हो । 

भेटमा मन्त्री विष्ट र राजदूत साइगोबीच पारदर्शी र प्रतिस्पर्धात्मक प्रक्रियाबाट नेपाली कामदार लैजाने विषयमा छलफल भएको छ । यसको लागि जापान सरकार सकारात्मक रहेको बताउँदै राजदूत साइगोले छलफलका लागि प्रविधिक टोली नेपाल आउने बताउनुभएको हो । 

भेटमा श्रम मन्त्री विष्टले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रक्रियालाई परदर्शी बनाउनुपर्नेमा जोड दिनुभएको थियो ।

पारदर्शी रुपमा कामदारको सीप, क्षमता र दक्षताको आधारमा छनौट हुनुपर्ने भन्दै मन्त्री विष्टले कामदार जापान जाँदा कुनै मध्यस्थता वा बिचौलियाबाट ठगी नहोस् भन्ने विषयमा आफू सजग रहेको पनि बताउनुभएको थियो । 

अन्तिम अपडेट: चैत २५, २०८०

1 Comments

  • SHOVIT RAI

    Jan. 15, 2019, 5:43 p.m.

    Specified skill 01 & 02 ko lagi age (umer) kati years sammako hunuparne xa? Pls. let me know. Thanks

  •  0 Reply

तपाईको प्रतिक्रिया