दुई थान भरुवा बन्दुकसहित होटेल व्यवसायी पक्राउ

 पुस २३, २०७५ सोमबार १९:३२:५८ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीमा दुई थान भरुवा बन्दुकसहित एकजना होटेल व्यवसायी पक्राउ परेका छन् ।

डोटीको दक्षिणी क्षेत्रमा पर्ने बोगटान गाउँपालिका ५ कन्के ढुंगा बस्ने ४५ वर्षीय बीरबहादुर मगरलाई २ थान भरुवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो । मगरले सञ्चालन गरेको होटेलमा लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका मगरलाई जिल्ला प्रहरी कार्यालय डोटीमा ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डीएसपी लालबहादुर धामीले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया