उपचुनाव : उत्साहजनक र शान्तिपूर्ण रूपमा मतदान चल्दै
बैशाख १५, २०८१ शनिबार
काठमाडौं – नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाउने भएको छ ।
निगमको ४९औं वार्षिकोत्व्सव समारोहमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले मूल्य घटाउने सहमति भएको जानकारी दिनुभयो । ‘हाम्रो सहमति भैसक्यो अब प्रतिलिटर १० रुपैया मूल्य घट्छ, यसबाट हवाई भाडा पनि घट्नेछ’, उहाँले भन्नुभयो ।
निगमले आज नै निर्णय गर्ने पनि उहाँले बताउनुभयो । पछिल्ला केही पटक डिजल,पेट्रोल, मट्टीतेललगायतको भाउ घटे पनि हवाई इन्धनको मूल्य घटेको थिएन ।