विगतको खराब नतिजालाई बिर्सेर वेस्ट इन्डिजसँगको श्रृङ्खला खेल्छौ...
बैशाख १५, २०८१ शनिबार
काठमाडौं – मन्त्रिपरिषद्को पछिल्लो बैठकले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्रकुमार पौडेललाई नियुक्त गर्यो ।
धरासायी अवस्थामा पुगेको उदयपुर सिमेन्टको प्रमुख भएर उद्योगलाई उकासेका पौडेल निगममा आएपछि निगमको पनि सुधार होला भन्ने अपेक्षा गरिएको छ ।
तर पौडेलले कार्यकालको सुरुमै विवादास्पद अभिव्यक्ति दिनुभएको छ । नेपाल आयल निगमको ४९ औँ वार्षिकोत्सव समारोहमा उहाँले आफूलाई नियुक्त गरेको भन्दै प्रधानमन्त्रीदेखि नेकपाका अध्यक्षलाई धन्यवाद दिनुभएको छ ।
‘मलाई जिम्मेवारी दिएकोमा र विश्वास गरेर यहाँ पठाउनुहुने प्रधानमन्त्री केपी शर्मा ओली, नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, माननीय मन्त्री र सचिवलाई धन्यवाद दिन चाहन्छु’, स्वागत भाषणको क्रममा कार्यकारी निर्देशक पौडेलले भन्नुभयो ।
प्रतिस्पर्धाबाट छानिएपछि सरकारले नियुक्त गरेको व्यक्तिले किन प्रचण्डलाई धन्यवाद दिएका होलान् भनेर समारोहमा गाइँगुँइ पनि चल्यो ।
कार्यक्रममा उहाँले निगमको बारेमा आफूलाई अहिले धेरै थाहा नभएको तर निगम सुधार्न तत्कालै काम गर्ने बताउनुभयो ।