देशभर मौसममा बदली, पहाडी भूभागमा पानी पर्ने सम्भावना

 पुस २७, २०७५ शुक्रबार ८:१०:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – शुक्रबार काठमाडौंउपत्यकासहित देशभरको मौसम बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिमी वायुको प्रभावले देशभरी कै मौसम बदली भएको मौसमविद्ले बताएका छन् । 

मौसमविद् विभूति पोख्रेलका अनुसार पश्चिमी वायुको प्रभावले शुक्रबार दिउँसो केही पहाडी भूभागमा हल्का पानी पर्ने संभावना छ । यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने उहाँको अनुमान छ । अबको एक दुई दिन देशभरी कै मौसम पूर्ण रुपमा खुल्ने संभावना नरहेको मौसमविद् पोख्रेलले बताउनुभयो । 

शुक्रबार बिहान न्यूनतम तापक्रम भने वृद्धि भएको छ । काठमाडौं उपत्यकामा शुक्रबार बिहानको न्यूनतम ताक्रम ५ डिग्री सेल्सियस पुगेको  महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया