एएफसी एसियन कप : यूएईले भारतलाई हरायो

 पुस २७, २०७५ शुक्रबार ९:२२:४७ | एजेन्सी
unn.prixa.net

एएफसी एसियन कपमा यूएईले भारतलाई दुई शून्य गोल अन्तरले हराएको छ । पहिलो खेलमा थाइल्याण्डलाई ४–१ गोलले हराएको भारतले बिहीबार यूएईसँग हार व्यहोरेको हो । 

आबुधाबीको जायेद स्पोर्टस सिटीमा भएको यो खेलमा भारतीय टिम पहिलो हाफमा एक गोलले पछि परेको थियो । खेफान मुबारकले ४२ औँ मिनेटमा शानदार गोल गरेपछि यूएईले अग्रता लिएको थियो । यस्तै खेलको ८८ औँ मिनेटमा अली मबखाउतले यूएईका लागि दोस्रो गोल गरे । 

भारतीय टिमले भने गोल गर्न सकेन । भारतले पहिलो खेलमा ४ – १ गोल अन्तरले थाइल्याण्डलाई हराएको थियो भने यूएईले बहराइनसँग १ –१ गोलको बराबरी खेलेको थियो । जितसँगै यूएई ४ अंककासाथ पहिलो स्थानमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया