अष्ट्रेलियामा गाला डिनर नेपालको बालगृहलाई सहयोग

 पुस २९, २०७५ आइतबार १३:२७:४९ | उज्यालो सहकर्मी

अष्ट्रेलिया - नेपालको कचमचिएको राजनीति र संसदमा पेश भएको स्वास्थ्य विधेयकमा चर्को बहस गर्न आतुर पूर्व स्वास्थ्यमन्त्री गगन थापा जम्मा ४८ घण्टाको लागि अष्ट्रेलिया आए । काठमाण्डू यूथ क्लव अष्ट्रेलिया र जीवन उत्थान अष्ट्रेलियाले माइती नेपालका संस्थापक अनुराधा कोइराला र नेता थापासँग बसेर 'डिनर खानुहोस्, असहाय बालबालिकालाई सहयोग गर्नुहोस्' भन्दै सिड्नी हर्सभिलको मराना अडिटोरियममा गएको शनिबार गाला डिनर आयोजना गरेका थिए ।

नेपालको फर्पिङमा सञ्चालित जीवन उत्थान बालगृहमा आरक्षित ३७ बालबालिकाको खाना, बास र पढाइ खर्च जुटाउन सय डलर तिरेर सिड्नीका नेपालीहरु बेलुकीको खाना खान भेला भएका थिए । बितेका ५ वर्षदेखि जीवन उत्थान अष्ट्रेलियाका ७० जना सदस्यले काठमाण्डौ फर्पिङ्को जीवन उत्थान बालगृहका ३७ अनाथ तथा असहाय बालबालिकाका लागि खाना, बास र पढाइ खर्च दान गरिरहेका छन् ।

कार्यक्रममा अनुराधा कोइराला देखिनु भएन, तर झण्डै दुईसय नेपालीले सय डलर तिरेर बेलुकीको खाना खाए । अष्ट्रेलियामा नेपालीले सञ्चालन गरेका १२ व्यापारिक कम्पनीहरुले कार्यक्रम प्रायोजन गरेका थिए भने ९ मिडिया पार्टनर र एउटा डिजिटल मार्केटिङ् कम्पनीको लोगो व्यानरमा झुण्ड्याइएको थियो । कार्यक्रममा पैसा उठाउनका लागि पेन्टर कृष्णले प्रत्यक्ष अर्धमूर्त कलाचित्र बनाए र तत्कालै त्यो अर्धमूर्त चित्रलाई ६ सय ५० डलरमा लिलाम बिक्री गरियो । पहिल्यै बनाईको अर्को चित्रकला हजार डलरमा लिलाम भयो । गाला डिनरमा प्रख्यात भारतीय क्रिकेटर महेन्द्र सिंह धोनीले हस्ताक्षर गरेको क्रिकेट ब्याट ८ सय ५० डलरमा बिक्री भएको थियो ।

आफूले कोरेको चित्र, हजार डलरमा बिकेपछि त्यसको व्याख्या गर्दै पेन्टर कृष्ण

नेपाल भित्र र बाहिर कहिले भागवत पुराण, कहिले कोटी होम, कहिले दान पात्र त कहिले गाला डिनर, च्यारिटि शो, बनभोज, हाइकिङ् लगायतका नाउँमा संकलित दान रकमको सदुपयोग हुन्छ कि हुँदैन ? दानमा संकलित रकम कति प्रतिशत प्रशासनिक वा अन्य काममा खर्च गर्नुपर्छ र कति रकम सम्बन्धित व्यक्ति वा समुदायमा पुग्नुपर्छ भन्ने प्रश्न उब्जिन्छ

कार्यक्रममा बोल्ने अधिकांसले जीवन उत्थान अष्ट्रेलियाको साधारण सदस्यता लिएर नेपाली बालबालिकाका लागि सहयोग गर्न भने । अनाथ बालबालिकाबारेमा मन छुने भिडियो र अभिव्यक्तिले अधिकांसलाई सकेजति सहयोग गरौँ भन्ने लागेकैले हुनुपर्छ केहि संस्था तथा व्यक्तिले तत्कालै सहयोगको घोषणा गरे पनि ।

नारी निकुञ्ज अष्ट्रेलियाकी अध्यक्ष प्रतिज्ञा अधिकारीले हामीले सबैथोक गर्न त सकिन्न तर केही त अवश्य गर्न सकिन्छ, सक्ने जति गरौँ भन्दै सहयोगको अपील पनि गरिन् । एनआरएन अष्ट्रेलियाले अहिलेसम्म अफ्ठ्यारोमा परेका ३६ जना नेपालीलाई प्रत्यक्ष सहयोग गरेको उपाध्यक्ष नन्द गुरुङले जानकारी दिए । कार्यक्रममा आईप्याड बोकेका भोलेन्टियरहरु टेवलैपिच्छे मन्द मुस्कानका साथ दान बटुल्न व्यस्त थिए ।

तर, नेपाल भित्र र बाहिर कहिले भागवत पुराण, कहिले कोटी होम, कहिले दान पात्र त कहिले गाला डिनर, च्यारिटि शो, बनभोज, हाइकिङ् लगायतका नाउँमा संकलित दान रकमको सदुपयोग हुन्छ कि हुँदैन ? दानमा संकलित रकम कति प्रतिशत प्रशासनिक वा अन्य काममा खर्च गर्नुपर्छ र कति रकम सम्बन्धित व्यक्ति वा समुदायमा पुग्नुपर्छ भन्ने प्रश्न उब्जिन्छ ।

शनिबारकोको गाला डिनरमा गगन थापाले मुख खोलेरै कार्यक्रम निकै राम्रो भयो, तर यसबाट कति डलर उठ्यो, त्यसको खर्चको हिसाब किताब दाताहरुले सोधेनन् भनेपनि सार्वजनिक गर्न आयोजकहरुललाई आग्रह गर्नुभयो ।  'सानो सहयोगले संसार परिवर्तन गर्न त सकिन्न, तर हाम्रो सहयोगले एउटा मान्छेको संसार भने परिवर्तन हुन सक्छ । यस्तो महत्वपूर्ण कार्यक्रम भएको छ । यहाँ कसैले सोध्नुभएन भने पनि आयोजकले बेला बेलामा तपाईहरुले दिएको पैसा के के मा खर्च भयो भनेर जनकारी चाहिँ गराईरहनुहोला' थापाले भन्नुभयो ।

कार्यक्रममा ५०/६० वर्षदेखि दोधारमा रुमलिएको नेपालको राजनीति नयाँ संविधान आएपछि सहि बाटोमा लागेको थापाको दावी थियो ।  विश्वमा उदार लोकतन्त्र अफ्ठ्यारोमा परेको बेला नेपालले नयाँ संविधानमार्फत् उदार लोकतन्त्रको असल बाटो सामते पनि त्यो बाटोमा विकासको गति भने सोचे जसरी अघि नबढिरहेको भन्दै थापाले चित्त दुखाउनुभयो ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया