पिपल्ला बजारमा छड्के अनुगमन : ठूलो परिमाणमा अखाद्य बस्तु भेटियो

 पुस २९, २०७५ आइतबार १६:१२:३६ | विमल बिष्ट
unn.prixa.net

डोटी – खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढी डोटीले दिपायलको प्रमुख व्यापारी केन्द्र पिपल्ला बजारमा छड्के अनुगमन गरेको छ ।

दिपायलको पिपल्ला बजारमा अखाद्य बस्तु बिक्री वितरण हुन थालेको गुनासो आएपछि कार्यालयका निमित्त प्रमुख नारायणसिंह रावतको संयोजकत्वमा आएको टोलीलेले बजारमा छड्के अनुगमन गरेको हो ।

बजार अनुगमनका क्रममा टोलीले झण्डै तीन÷चार बोरा बिस्कुट, चाउचाउ, दालमठ, मसला आइटम, जुसलगायत अखाद्य बस्तु फेला पारेको अनुगमन समितिले जनाएको छ । केही अखाद्य बस्तुहरुको नमुना संकलन गरी परीणामका लागि पठाइने र त्यसैका आधारमा अन्य कारबाही गरिने अनुगमन समितिका संयोजक तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सिलगढीका निमित्त प्रमुख रावतले बताउनुभयो ।

‘अखाद्य बस्तु भेटिएको छ, पहिला परीक्षण गर्छौ’, उहाँले भन्नुभयो, ‘अखाद्य बस्तु बेच्ने सबै कानुनी दायरामा आउने छन् ।’ यसभन्दा पहिला डोटीमा दसैँ र तिहारको समयमा मात्रै अनुगमन हुने गरेको थियो ।

गएको असोज महिनापछि डोटी जिल्लामा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय स्थापना भएपछि उक्त कार्यालयले यहाँका प्रमुख व्यापारी केन्द्रमा छड्के अनुगमन गर्न थालेको छ ।


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया