काठमाण्डौ उपत्यकाको तापक्रम घट्यो, मौसम सफा रहने

 पुस ३०, २०७५ सोमबार ७:५८:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकाको तापक्रम घटेसँगै चिसो महसुस गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार बिहानको न्यूनतम तापक्रम २ दशमलव ९ डिग्री सेल्सियस मापन गरिएको छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार आइतबारदेखि न्युनतम तापक्रम घटेको हो । गएको शनिबार काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ४ डिग्री सेल्सियस थियो । पश्चिमी वायुको प्रभावले बदली भएका कारण गएको साता तापक्रममा निकै उतारचढाव आएको थियो । 

यसवर्ष अहिलेसम्म सबैभन्दा कम न्यूनतम तापक्रम ०‍.५ डिग्री सेल्सियसम्म पुगेको छ । 

सोमबार काठमाण्डौसहित देशका धेरै ठाउँको मौसम सामान्यतया सफा हुने मौसमविद्ले बताएका छन् ।पश्चिमी वायुको प्रभाव कम भएकाले आइतबार आशिंक बद्ली भए पनि सोमबार सामान्यतया मौसम सफा हुने मौसमविद् मञ्जु बासीले जानकारी दिनुभयो । 

उहाँका अनुसार सोमबार हिमाली भेगमा राति भने हल्का हिमपातको सम्भावना छ । यस्तै पश्चिम पहाडी भेगमा आशिक बद्लीको सम्भावना छ ।  

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया