प्रिमियर लिगमा म्यानचेष्टर सिटी दोस्रो स्थानमा उक्लियो
बैशाख १४, २०८१ शुक्रबार
काठमाण्डौ – ललितपुरको जाउलाखेलमा रहेको सदर चिडियाखानामा नयाँ बाघ थपिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा पर्ने भरतपुरको बयरघारीबाट समातिएको बाघलाई गएको पुस १८ गते चिडियाखाना ल्याइएको हो ।
अन्दाजी साढे दुई वर्षको पोथी बाघलाई अहिले चिडियाखानाको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा विशेष रेखदेखमा राख्नुपर्ने भएकाले दुई तीन महिनापछि मात्र यसलाई सार्वजनिक गरिने चिडियाखानाका सहायक क्यूरेटर गणेश कोइरालाले जानकारी दिनुभयो । चिडियाखानामा यसअघि तीनवटा भाले बाघ थिए । अब बाघको संख्या चार पुगेको छ ।
चिडियाखानामा बाघ, गैंडा, भालुलगायतका जनावरमा दर्शकको विशेष आकर्षण रहने गरेको छ ।