सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
भक्तपुर – चाँगुनारायण नगरपालिका–८, सुडालमा रहेको सरस्वती इटा भट्टाले पानी जमाउन खनेको खाल्डोमा डुबेर मंगलबार एक बालकको ज्यान गएकाे छ ।
काभ्रे, नमोबुद्ध नगरपालिका–४ घर भएर हाल त्यसै भट्टामा काम गर्ने सुमन तामाङको साढे ३ वर्षीय छोरा निरज तामाङको डुबेर ज्यान गएकाे महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
भट्टा सञ्चालकले वरिपरि बार समेत नहाली लापरवाही तरिकाले एउटै भट्टामा १० वटासम्म ठूलो सानो खाल्डो बनाउने गरेकाले बर्सेनि खाल्डोमा डुबेर बालबालिकाको ज्यान जाने घटना हुनेगरेको प्रहरीको भनाइ छ ।
घटनाबारे आवश्यक अनुसन्धान अगाडि बढाइएको र शवलाई पोष्टमार्टमाका लागि भक्तपुर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ ।