बसबाट ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा एकजनाको मृत्यु

 माघ ९, २०७५ बुधबार १३:२९:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भक्तपुर – बसबाट ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा एकजना महिलाको ज्यान गएको छ ।

काठमाण्डौबाट भक्तपुरतर्फ आउँदै गरेको बा ४ ख ९३९० बसबाट सूर्यविनायक नगरपालिका ५ कटुञ्जे सृजना नगरमा ओर्लिने क्रममा त्यही बसले ठक्कर दिँदा घाइते भएकी महिलाको उपचारका क्रममा ज्यान गएको हो । 

ठक्करबाट घाइते भएकी ओखलढुङ्गा ज्यामिरे २ घर भई अहिले भक्तपुर कटुञ्जे प्रगति चोक बस्ने ४० वर्षीया प्रतिमा वाग्ले बानिँयाको अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारको क्रममा ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

बस चालक २७ वर्षीय नवराज नेपाल र बसलाई नियन्त्रणमा लिइ प्रहरीले अनुसन्धान अघि बढाएको छ । चालक दोलखा जिल्लाको भिमेश्वर नगरपालिका ६ घर भई अहिले भक्तपुर थिमीमा बस्दै आएका थिए ।
                                                                                        
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया