वडासदस्यको घरमा आगलागी, लाखौँको क्षती

 माघ ९, २०७५ बुधबार १३:३७:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

डोटी – बोगटान गाउँपालिका ७ का वडासदस्य सुरजबहादुर कुडमालको घरमा मंगलबार राति आगलागी भएको छ । 

जिल्ला प्रहरी कार्यालय डोटीका डीएसपी तथा प्रवक्ता लालबहादुर धामीले दिनु भएको जानकारी अनुसार आगलागीबाट करिब ८ लाख ५५ हजारको क्षती भएको छ । 

बेलुकी घरमा पूजा गरी बालेको धुपबाट आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण उहाँको एकतले सिलेटले छाएको घर र भित्र भएको सम्पूर्ण धनमाल जलेर नष्ट भएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया