कांग्रेस नेता आलमसहित चार जनालाई जन्मकैदको फैसला
बैशाख १४, २०८१ शुक्रबार
न्यूजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत ८ विकेटले विजयी भएको छ ।
न्यापिएरमा घरेलु टोली न्यूजिल्याण्डले दिएको १५८ रनको लक्ष्य भारतले ८५ बल बाँकी छँदै २ विकेट गुमाएर पूरा गरेको हो । भारतको जितमा शिखर धवनले नट आउट ७५ रन बनाएका थिए । यसैगरी कप्तान विराट कोहली ४५ रनमा आउट हुँदा अम्वाती रायडु १३ रनमा नट आउट रहेका थिए ।
टस जितेर पहिला ब्याटिङ गर्दै ३८औं ओभरमा अल आउट हुँदै १५७ रन बनाएको थियाे ।
न्यूजिल्याण्डलाई सुरुदेखिनै दबाबमा राख्ने क्रममा भारतीय बलरहरु कुलदीप यादले ४ विकेट लिँदा मोहमद शामीले ३ विकेट हात पारे । युज्वेन्द्र चाहलले २ तथा केदार जादवले एक विकेट लिएका थिए ।
न्यूजिल्याण्डका केन विलियम्सनले सर्वाधिक ६४ रन बनाउँदा रस टेलरले दोस्रो ठूलो रन २४ बनाएका थिए ।
यसैबीच, भारतीय बलर मोहमद शामीले इरफान पठानको रेकर्ड ब्रेक गरेका छन् । इरफानले ५९ एक दिवसीयमा १०० विकेट लिएका थिए । तर आज १०० विकेटको कीर्तिमान पूरा गरेका शामीले ५६ एक दिवसीय मात्र खेलेका छन् । शामीले १०० विकेट पूरा गर्ने क्रममा मार्टिन गप्टिललाई आउट गरेका थिए ।