केसीका माग पूरा नगरे भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने आवासीय चिकित्सक संघको चेतावनी

 माघ १०, २०७५ बिहिबार ९:१८:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आवासीय चिकित्सक संघले बिहीबार बेलुकीसम्ममा डाक्टर गोविन्द केसीका माग पूरा गर्न सरकारलाई अल्टिमेटम दिएको छ । 

डाक्टर केसीले १६ औं पटक अनसन बसेको १६ औ दिन भइसकेकाले उहाँलाई जुनसुकै बेला जे पनि हुन सक्ने भन्दै संघले बिहीबार बेलुकीसम्म पनि अनसन तोडाउन कुनै पहल नभए भोलिदेखि आकस्मिक बाहेकका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको हो । 

संघका अध्यक्ष डाक्टर सुमित पाण्डेले डाक्टर केसीको समर्थनमा बिहीबार कालोपट्टी बाँधेर काम गर्ने पनि बताउनुभएको छ । चिकित्सा शिक्षा विधेयक परिमार्जन र आफूसँग सरकारले गएका दिनमा गरेको सहमति कार्यान्वयनको माग गर्दै अनसन बसेपनि सरकारले भने संसदमा पेश भएको विधेयक पारित गर्ने तयारी गरेको छ ।

सोमबार र मंगलबारको बैठकमा कांग्रेसको अवरोधका कारण पारित हुन नसकेको विधेयक, प्रतिनिधिसभाको शुक्रबारको बैठकबाट पारित गर्ने सरकारको तयारी छ । 

अन्तिम अपडेट: बैशाख १०, २०८१

तपाईको प्रतिक्रिया