सप्तरीमा करेन्ट लागेर एक नाबालिकाको मृत्यु

 माघ १०, २०७५ बिहिबार १९:५१:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

सप्तरी – सप्तरीको महदेवा गाउँपालिका वडा नं–२, एअवरपुरमा करेन्ट लागेर बिहीबर एक नाबालिकाको मृत्यु भएको छ । 

स्थानीय चन्द साहकी १८ महिनाकी छोरी ज्योति कुमारी साहको आफनै घरमा खेल्ने क्रममा अचानक करेन्ट लाग्दा ज्यान गएको भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

ज्योतिको बायाँ हातको बुढी औंलामा करेन्ट लागेपछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

यता मृतकको शवलाई राजविराजमा रहेको गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा पोष्टमार्टमका लागि राखिएको तथा घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया