रियल मड्रिडलाई पराजित गर्दै बार्सिलोनाले जित्यो सुपर कपको उपाधि
पुस २९, २०८१ सोमबार
काठमाण्डाै - राष्ट्रिय सतर्कता केन्द्रले अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरेको छ ।
केन्द्रले २४९ कार्यालयमा अनुगमन गरी अनुशासन पालना नगर्ने ७९३ कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको केन्द्रका प्रवक्ता विष्णुराज लामिछानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार सम्बन्धित कार्यालयका प्रमुखलाई समय पालना नगर्ने र तोकिएको समयमा कार्यालय नआउने कर्मचारीलाई कारबाहीका लागि सिफारिस गरिएको हो ।
यसैगरी स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाउँदा प्रतिवेदन तयार गर्न ढिलाइ भएकाे केन्द्रले जनाएकाे छ । निजामती, सुरक्षाकर्मीसहित अन्यको सम्पत्ति विवरण केन्द्रलाई प्राप्त भए पनि स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण अझै बुझाएका छैनन् ।
प्रवक्ता लामिछानेका अनुसार अहिलेसम्म ७७ स्थानीय तहका जनप्रतिनिधिले सम्पत्ति विवरण बुझाएका छैनन् । अहिलेसम्म ८८ हजार ८९२ जना जनप्रतिनिधिले सम्पत्ति विवरण नबुझाएकाे केन्द्रले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।