आधुनिक बन्दै नेपालगञ्ज रंगशाला, कोलकाताबाट बर्मुडा घाँस ल्याएर लगाइँदै

 माघ १७, २०७५ बिहिबार १४:३८:११ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – ८औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मुख्य खेलस्थल नेपालगञ्ज रंगशालामा बर्मुडा घाँस(दुबो) लगाउने कार्य सुरु भएको छ । 

भारतको कोलकाताबाट दुबो ल्याएर  मैदानमा लगाउन लागिएको हो । यही रंगशालामा प्रतियोगिताको उद्घाटन पनि हुनेछ । 

जमिन सम्याउनेसहित दुबो लगाउने कार्यमा करिब ३६ लाख रुपैयाँ खर्च हुने भएको छ । रंगशालाका लागि ९० हजार स्क्वायर फीट दुबो ल्याइएको र दुबो लगाउने काम गरिरहेको गौतम नर्सरी भक्तपुरका सञ्चालक रविन गौतमले बताउनुभयो । 

 एक हप्तामा दुबो लगाउने कार्य सकिने सञ्चालक गौतमले बताउनुभयो । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्टको उपस्थितिमा रङ्गशालामा दुबो लगाउने कार्य सुरु भएको हो ।

प्रदेश खेलकुद विकास समितिका अध्यक्ष भिम वलीले राष्ट्रिय खेलकुद प्रतियोगिता फागुनभित्रै सञ्चालन हुने गरी निर्माण कार्यमा तीव्रता भैरहेको बताउनुभयो ।

नेपालगञ्जमा यही माघ २५ देखि फागुन ३ गते सम्म पूर्वनिर्धारित राष्ट्रिय खेलकुद प्रतियोगितामा निर्माण कार्य पूरा नभएका कारण पछि सार्ने राखेपको तयारी छ । 
 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया