अभिनाश बाेहराले लिए दाेस्राे विकेट, यूएईका कप्तान नाभीदलाई गराए ज्ञानेन्द्र मल्लबाट क्याच आउट

 माघ १८, २०७५ शुक्रबार १६:२:४६ | उज्यालो सहकर्मी
unn.prixa.net

यूएईविरुद्धको दोस्रो टी–२० शृङ्खलामा नेपालका अभिनाश बोहराले सातौं सफलता दिलाएका छन् । १४.३ ओभरमा उनले  यूएईका कप्तान मोहमद नाभीदलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका हुन् ।

यसअघि उनले १३ ओभरको चौथो बलमा अमिर हायतलाई आउट गर्दै छैटौं सफलता दिलाएका थिए ।

यस्तै करण केसीले नेपाललाई पाँचौ सफलता दिलाए । करणले १०.३ ओभरमा यूएईका मोहमद बोता आउट भएका छन् । बोता र सिपी रिजवानका बीचमा २४ रनको साझेदारी तोड्न सफल भए । बोता ११ रन बनाएर आउट भएका हुन् ।

अहिलेसम्म सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले २ विकेट लिएका छन् । 

सन्दीप लामिछानेले छैटौं ओभरमा व्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए ।अन्तिम बलमा पनि सन्दीपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए ।

त्यसअघि सुरुका दुई विकेट सोमपाल कामीले लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक अहमदलाई आउट गरेका सोमपालले तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई पेभेलियन पठाए । यूएईले १५ ओभरको खेल सकिँदा ७ विकेट गुमाउँदै ७९ रन बनाएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया