नेपालकाे उत्कृष्ट प्रदर्शन: अभिनास बोहराले लिए यूएईकाे नवाैँ ‍विकेट

 माघ १८, २०७५ शुक्रबार १६:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

आफ्नो स्पेलको अन्तिम ओभर लिएर आएका अभिनास बोहराले नेपाललाई नवौं सफलता दिलाएका छन् ।

उनले १८.२ ओभरमा ४४ रन बनाएर खेलिरहेका यूएईका ओपनर सिपी रिजवानलाई क्याच आउट गराए । अभिनासले योसँगै तीन विकेट लिएका हुन् । त्यसअघि यूएईका मोहमद सुल्तान ४ रन बनाएर रन आउट भए पछि नेपालले आठौं सफलता हात पारेको थियो । ललितनारायण राजबंशीको बलमा दीपेन्द्रसिंहले रन आउट गरे ।

त्यसअघि नेपालका अभिनास बोहराले सातौं सफलता दिलाएका थिए । १४.३ ओभरमा उनले मोहमद नाभिदलाई ज्ञानेन्द्र मल्लको हातबाट क्याच आउट गराएका हुन् । यसअघि उनले १३ ओभरको चौथो बलमा अमिर हायतलाई आउट गर्दै छैटौं सफलता दिलाएका थिए । यस्तै करण केसीले नेपाललाई पाँचौ सफलता दिलाए । करणले १०.३ ओभरमा यूएईका मोहमद बाेता आउट भएका छन् ।

बोता र सिपी रिजवानका बीचमा २४ रनको साझेदारी तोड्न सफल भए । बोता ११ रन बनाएर आउट भएका हुन् । अहिलेसम्म सन्दिप लामिछानेले २ तथा सोमपाल कामीले २ विकेट लिएका छन् । सन्दीप लामिछानेले छैटौं ओभरमा ब्यक्तिगत पहिलो ओभर लिएर आएका सन्दीपले पाँचौ बलमा शैमान अनवरलाई आउट गरे । अनवर ११ बलमा १४ रन बनाएर खेलिलरहेका थिए ।

अन्तिम बलमा पनि सन्दिपले व्यक्तिगत दोस्रो विकेट हात पारे । दोस्रो विकेटको रुपमा मोहमद उस्मानलाई आउट गरेका थिए । त्यसअघि शुरुका दुई विकेट सोमपाल कामीले लिएका थिए । पहिलो ओभरको अन्तिम बलमा सोमपालले अस्फाक अहमदलाई आउट गरेका सोमपालले तेस्रो ओभरको तेस्रो बलमा गुलाम सबेरलाई पेभेलियन पठाए ।

 

अन्तिम अपडेट: बैशाख ८, २०८१

तपाईको प्रतिक्रिया