यूएईविरुद्धको टी–२० क्रिकेट : कप्तान पारस २९ रनमा आउट

 माघ २०, २०७५ आइतबार १७:३१:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

यूएईविरुद्धको टी–२० क्रिकेटमा पहिले ब्याटिङमा उत्रिएको नेपालले ४ विकेट गुमाएको छ । सुरुमै तीन विकेट गुमाएपछि केही सम्हालिएर खेलेका कप्तान पारस खड्का २९ रन बनाएर आउट भएका छन् । उनले १४ बलमा ४ चौका र एक छक्काको सहयोगमा २९ रन बनाएका हुन् ।  

त्यसअघि ३.३ ओभरमा नेपालले २१ रन बनाएका बेला दीपेन्द्रसिंह ऐरी आउट भएका थिए । दोस्रो टी–२० मा ४७ रनको नट आउट पारि खेल्दै नेपाललाई जिताएका दीपेन्द्र आज भने व्यक्तिगत दुई रनमा एलबीडब्लू आउट भएका हुन् । यसअघि दोस्रो विकेटको रुपमा ११ रन बनाएका ज्ञानेन्द्र मल्ल आउट भएका थिए ।

पहिलो विकेटको रुपमा पवन शर्राफ आउट भएका थिए । अहिले क्रिजमा सन्दीप जाेरा विनाेद भण्डारी रहेका छन् ।ताजा अवस्थामा ८ ओभरकाे समाप्तिमा नेपालले ४ विकेट गुमाउँदै ८८ रन बनाएकाे छ ।
 

अन्तिम अपडेट: बैशाख ९, २०८१

तपाईको प्रतिक्रिया