अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट : एक खेलअगावै नेपाललाई शृङ्खला

 माघ २०, २०७५ आइतबार २०:८:२५ | रासस
unn.prixa.net

तस्बिर- डन डट कम

काठमाण्डौ – अन्तर्राष्ट्रिय महिला नेत्रहीन क्रिकेट सिरिजका लागि पाकिस्तान भ्रमणमा रहेको नेपालले एक खेलअगावै सिरिज जित्न सफल भएको छ । 

घरेलु टोली पाकिस्तानविरुद्धको पाँच खेलको नेत्रहीन टी–२० क्रिकेट सिरिजअन्तर्गत आज भएको चौथो खेलमा पाकिस्तानलाई नौ विकेटले पराजित गर्दै नेपालले सिरिज ३–० ले आफ्नो पक्षमा पारेको हो । 

पाकिस्तानको इस्लामाबादमा पाकिस्तानले दिएको १०२ रनको लक्ष्य नेपालले आठ ओभर पाँच बलमा मात्र एक विकेट गुमाएर पूरा ग¥यो । नेपालका लागि विमला राईले ४२ र मन केसी चौधरीले नटआउट २५ तथा मुना अर्यालले २२ रनको योगदान गरेका थिए । 

यसअघि टस जितेर पहिलो ब्याटिङ गरेको पाकिस्तानले पूरै २० ओभर खेल्दै सात विकेट गुमाएर १०१ रन जोडेको थियो । नेपालकी विमला राई म्यान अफ दि म्याचर घोषित हुँदै पाकिस्तानी १५ हजार प्राप्त गरिन् । 

सिरिजअन्तर्गत नेपालले पहिलो र तेस्रो खेलमा १० विकेटको जित निकालेको थियो । दोस्रो खेल भने वर्षाको कारण रद्द भएको थियो । अब नेपालले घरेलु टोलीविरुद्ध सोमबार अन्तिम तथा पाँचौँ खेल खेल्ने त्यहाँ रहनुभएका पत्रकार गोविन्दराज नेपालले जानकारी दिनुभयो । 

नेपाली टोली पाकिस्तान नेत्रहीन क्रिकेट परिषद्को निमन्त्रणामा पाँच खेलको सिरिज खेल्न यही माघ १२ गते त्यसतर्फ गएको हो । भगवती भट्टराई बरालको कप्तानीमा रहेको टोलीमा १५ खेलाडी छन् । यस्तै प्रशिक्षकमा रिजन प्रजु छन् । 

पाकिस्तान जाने नेपाली टोलीमा भगवती भट्टराई बराल (कप्तान), भगवती अमगाईं, मनकेसी चौधरी, सुष्मा तामाङ, आशिका डगौरा, आशा रेग्मी, गीता पौडेल, विनिता पुन, हीता गुरुङ, मुना अर्याल, रीतादेवी थापा, सरिता घिमिरे, विमला राई, आयुष्मा क्षेत्री र भूमा खरेल रहेका छन् ।
 

अन्तिम अपडेट: पुस २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया