सहकारी प्रकरणमा मुछिएका दीपेश पुन धराैटी बुझाएर रिहा
बैशाख १४, २०८१ शुक्रबार
अभिनेत्री आलिया भट्ट यतिबेला अभिनेता रणवीर कपूरको प्रेममा छिन् । यस कुराको खुलासा आलिया र रणवीर दुबैले गरिसकेका छन् । तर यस अघि आलिया अभिनेता सिद्धार्थ मल्होत्रालाई डेट गरिरहेकी थिइन् । एक समयमा आलिया र सिद्धार्थको निकै चर्चा हुने गथ्र्यो । तर आलिया र सिद्धार्थले आफूहरुबीचको प्रेम सम्बन्धलाई सार्वजनिक रुपमा भने कहिल्यै स्वीकार गरेनन् ।
आलिया भट्ट र सिद्धार्थ मल्होत्राले फिल्म ‘स्टुडेन्ट अफ द इयर’ बाट डेब्यू गरेका थए । यही फिल्मको छायांकनको क्रममा आलिया र सिद्धार्थ नजिकिएका थिए । उनीहरुको सम्बन्ध अगाडि बढ्न सकेन ।
अहिले सिद्धार्थ मल्होत्राले आलियासँगको ब्रेकअपको विषयमा बयान दिएका छन् । सिद्धार्थले आलियासँगको चिनजान धेरै समय अघिको रहेको बताएका छन् । साथै फिल्ममा आउनु अघिदेखि नै आलियासँग भेट भएको कुरा पनि बताएका छन् । तर आलियासँगको ब्रेकअप पछि भने सिद्धार्थले एक पटक पनि नभेटेको बताएका छन् ।
उनले भने ‘हाम्रो सम्बन्ध निकै सुमधुर थियो तर त्यो सम्बन्ध सकिएको धेरै समय भइसक्यो । त्यसपछि हामीले एकपटक पनि भेटेका छैनौँ । तर दुईजना ब्यक्तिले अलग–अलग बाटो रोजे पनि केही सुन्दर यादहरु भने सँधै भरीका लागि साथमा रहिरहन्छन् ।’
सिद्धार्थले यो सब कुरा करण जोहरको शो ‘कफी विद करण’ मा बताएका हुन् । सिद्धार्थ मल्होत्रा फिल्म ‘जबरिया जोडी’ र ‘मरजावा’मार्फत दर्शकमाझ आउने तयारी गरिरहेका छन् ।