बिर्तामोड महोत्सवमा ९ क्विन्टल मार्सी चामल बिक्यो, व्यापारी भन्छन् : दुर्गा प्रसाईँले ब्राण्ड नै बनाइदिनुभयो

 माघ २३, २०७५ बुधबार ८:३९:५४ | रासस
unn.prixa.net

फाइल फाेटाे

झापा – झापाको बिर्तामोडमा माघ ११ गतेदेखि सञ्चालित ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’मा  दुई लाख ५२ हजार रुपैयाँ बराबरको जुम्लाको मार्सी चामल बिक्री भएको छ । 

‘हिमाली प्रोडक्ट ट्रेडिङ सेन्टर’ले महोत्सवमा नौ सय किलो मार्सी चामल बिक्री गरेको हो । अवलोकन तथा किनमेल गर्न आउनेमध्ये अधिकांशको रोजाइमा मार्सी चामल हुने गरेको कक्षकी गङ्गादेवी राउतले बताउनुभयो । राउतका अनुसार काठमाण्डौमा रहेको त्यस सेन्टरले मार्सी चामल भण्डारण गरी देशैभर बिक्री वितरण गर्दै आएको छ । 

‘पहिले मार्सी चामलबारे थाहा पाएकाहरुले मात्र किन्थे, अहिले झापाका दुर्गा प्रसाईंले यसलाई ब्राण्ड नै बनाइदिनुभयो’, उहाँले भन्नुभयो, ‘उहाँले प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मार्सी चामलको भात खुवाएपछि बिक्री बढेको हो ।’ पूर्वको प्रमुख व्यापारिक शहर बिर्तामोडलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यले आयोजित महोत्सवमा करीब रु दुई करोड बढीको कारोवार भएको आयोजक समितिका उपाध्यक्ष प्रकाश शिवाकोटीले बताउनुभयो । 

महोत्सवमा घरेलु उत्पादनका साथै भारत, बङ्गलादेश र पाकिस्तानका उत्पादन एउटै छातामुनि पाइएकाले आन्तरिक तथा बाह्य पर्यटनका लागि पनि यो महोत्सव एउटा आधारका रुपमा प्रस्तुत भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार २१० कक्ष रहेको महोत्सवमा मङ्गलबार साँझसम्ममा ७५ हजारभन्दा बढीले टिकट काटेर अवलोकन गरेका छन् । महोत्सव बुधबार सकिँदैछ ।

याे पनि पढ्नुहाेस् 

ओली र प्रचण्डको नाम जोडिएपछि मार्सी चामलको मूल्य बढ्यो, किसान उत्साहित

स्वादिलो मार्सी भातमा खल्लो राजनीति

विवेकशील र कांग्रेस एक हुन्छन् भने मार्सी होइन, बास्मती चामलकै भात खुवाउँछु : प्रसाईँ

चरेसको थाल र मार्सीको चामल प्रधानमन्त्रीले लिन मानेनन्

अन्तिम अपडेट: पुस २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया