बिहीबार देशभरका धेरैजसाे निजी विद्यालय बन्द

 माघ २४, २०७५ बिहिबार ९:८:१७ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार देशभरका सबैजसो निजी विद्यालय बन्द भएका छन् । 

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन क्रान्तिकारीले देशव्यापी शैक्षिक हड्तालको घोषणा गरेपछि धेरैजसो निजी विद्यालयले बिहीबार छुट्टी दिएका हुन् । 

विद्यालय बन्द हुँदा लाखौँ बालबालिकाको पढाइ प्रभावित भएको छ । संगठनका कोषाध्यक्ष नरेन्द्र विश्वकर्मालाई पक्राउ गरेको विरोधमा शैक्षिक हड्ताल आह्वान गरेको यूनियनले जनाएको छ । 


 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया