आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको सास्क...
पुस २९, २०८१ सोमबार
कास्की – क्यामरुनको दाउफिन्स टिम फेमिलीले छैटौँ संस्करणको मनकामना केबलकार पोखरा कप अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
कास्की जिल्ला फुटबल सङ्घको आयोजना तथा मनकामना दर्शन प्रालिको मुख्य प्रायोजनमा भएको प्रतियोगिताको आज भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा दाउफिन्सले सशस्त्र प्रहरीको एपिएफ क्लबलाई १–० गोलअन्तरले पराजित गरी उपाधि जितेको हो ।
खेलको ५४औँ मिनेटमा दाउफिन्सका यानिकले गरेको एकमात्र गोल नै टिमलाई उपाधि दिलाउन पर्याप्त भयो । उपाधि विजेता दाउफिन्सले सात लाख ५५ हजार रुपैयाँ, ट्रफी तथा प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता भएको एपीफएले चार लाख पाँच हजार ५५५ रुपैयाँमा चित्त बुझायो ।
विजेता तथा उपविजेता टिमलाई अखिल नेपाल फुटबल सङ्घका अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले पुरस्कार तथा प्रमाणपत्र वितरण गर्नुभएको थियो । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीको उपाधि जित्दै एपीएफका गोलकिपर राजु नगरकोटीले एक थान मोटरसाइकल प्राप्त गर्न सफल भए ।
प्रतियोगिताको उत्कृष्ट डिफेन्डरमा एपीएफका राजु दङ्गाल, फरवार्ड डफिन्सका यानिक, गोलकिपरमा एपिएफका राजु नगरकोटी, मिडफिल्डर मनाङका हेमन गुरुङ तथा उत्कृष्ट प्रशिक्षकमा एपिएफका राजेन्द्र तामाङ चुनिँदै जनही २५ हजार रुपैयाँ पुरस्कार तथा ट्रफी हात पारे ।
यसैबीच जिल्ला फुटबल सङ्घले प्रतियोगिताको समापन समारोहमा खेल पत्रकार उमेश पुनलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरेको छ । पत्रकारिताको माध्यमबाट खेल क्षेत्रको विकासमा पुर्याएको योगदानस्वरुप पुनलाई सम्मान गरिएको सङ्घले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।