आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको सास्क...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – विशाखापट्नम बन्दरगाहमा मालवस्तु परिवहन विद्युतीय ट्रेकिङ प्रणाली (इसिटिएस) प्रक्रियाअन्तर्गत कन्टेनर पारवहनको परीक्षण सकारात्मक भएपछि आउँदो फागुन ३ गतेदेखि कन्टेनर पारवाहन हुने भएको छ ।
भारतको कलकत्ता/हल्दियाबाट नेपालको वीरगञ्ज सुख्खा बन्दरगाह, सिर्सियासम्म तथा कलकत्ता/हल्दियाबाट भारतको बथनाहसम्म रेलमा र त्यहाँबाट जोगबानीसम्म सडकमार्गबाट ट्रान्ससिपमेन्ट प्रक्रियाबाट पारवहन गरिनेछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीको भारतको औपचारिक भ्रमणका क्रममा नेपाल र भारतबीच सन् २०१७ जुनमा भएको सहमति अनुसार दुवै देशबीच सरलीकृत पारवहन प्रक्रिया अवलम्बन गर्न कलकत्ताबाट रक्सोल, जोगबनी र सुनौलीसम्म परिवहन हुने कन्टेनरमा इसिटिएसको परीक्षण गरिएको थियो ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका अनुसार निर्देशक पुरुषोत्तम सुवेदीका अनुसार सो प्रक्रियाका लागि नेपालका व्यवसायीले विशाखापट्नम बन्दरगाहमा कुनै पारवहनसम्बन्धी कागजात पेस नगरी स्वचालित प्रणालीबाट मालधनीलाई हस्तान्तरण गरिनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।