आज राष्ट्रिय भक्का दिवस : लोकप्रिय बन्दै राजवंशी समुदायको सास्क...
पुस २९, २०८१ सोमबार
काठमाण्डाै – उपत्यकामा कारवाही हुनेभन्दा पुरस्कृत हुने प्रहरीको सङ्ख्यामा वृद्धि भएको छ । गएकाे समयमा प्रहरीले घुस लिने र अनावश्यक सेवाग्राहीलाई दुःख दिने गरेपछि कारवाहीमा पर्ने क्रम बढे पनि पछिल्लो समय भने राम्रो काम गरेबापत पुरस्कृत हुने सङ्ख्यामा वृद्धि भएको हो ।
महानगरीय ट्राफिक प्रहरीले दिएको जानकारीअनुसार चालू आर्थिक वर्षमा पुरस्कार हुनेमा ३१२ प्रहरी अधिकृत तथा जवान रहेका छन् भने कारवाही हुनेमा २१२ प्रहरी अधिकृत तथा जवान रहेका छन् ।
पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक एक, प्रहरी उपरीक्षक दुई, प्रहरी नायब उपरीक्षक तीन, प्रहरी निरीक्षक १४, प्रहरी नायब निरीक्षक ३२, प्रहरी सहायक निरीक्षक ४७, प्रहरी हवल्दार ६१, प्रहरी जवान १४९ र प्रहरी कार्यालय सहयोगी तीन जना रहेका छन् ।
महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक पूजा सिंह राम्रो काम गर्ने प्रहरीलाई पुरस्कृत गरिएको बताउनुहुन्छ । “घुस फिर्ता गर्ने, जोखिममा परेकालाई उद्धार गर्ने, सफल अनुसन्धान गर्ने, फरार अभियुक्तलाई पक्राउ गर्ने, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट ट्राफिक व्यवस्थापन गर्नेलाई पुरस्कृत गर्ने गरेका छौँ”, उहाँ भन्नुहुन्छ ।
यस्तै कारवाही पर्नेमा प्रहरी नायब उपरीक्षक दुई, प्रहरी नायब निरीक्षक १२, प्रहरी सहायक निरीक्षक १०, प्रहरी हवल्दार ४८, प्रहरी जवान १३६ र प्रहरी कार्यालय सहयोगी चार जना रहेका छन् ।
कारवाही परेकामा नशिहद ८८ जना, निलम्बन ४८ जना, पदोन्नति रोक्का आठ जना, तलब वृद्धि घटुवा १८ जना, तलब वृद्धि रोक्का १५ जना, बर्खास्त एक, सेवाबाट हटाइएका १९ जना र शुरुको स्केलमा घटुवा १५ जनालाई गरिएको छ ।
प्रहरीले मङ्सिरदेखि हालसम्म प्रहरीलाई घुस दिन खोज्ने ३६ चालक तथा सहचालकलाई पक्राउसमेत गरिसकेको छ । ट्राफिक प्रहरीले पक्राउ त्यस्ता चालक तथा सहचालकलाई पक्राउ गरी प्रहरीलाई बुझाउँदै आएको छ ।
कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्री एक/दुईजना प्रहरी कर्मचारीका कारण प्रहरी सङ्गठन नै बदनाम हुने गरेकाले कार्यालयले पुरस्कार र कारवाहीको अभियान सञ्चालन गरेको बताउनुहुन्छ । “राम्रो काम गर्ने र पुरस्कार पाएका प्रहरी अधिकृत तथा जवानको बढुवामा समेत सकारात्मक प्रभाव पार्नेछ”, उहाँ भन्नुहुन्छ ।
काठमाण्डाै उपत्यकामा अहिले १८ वृत्त र तीन परिसरबाट मुद्दा चल्दै आएको छ । कार्यालयदेखि चौकीसम्म १६७ एकाइबाट सुरक्षा प्रदान गर्दै आइरहेको छ । काठमाडौँ उपत्यकाभित्र ११ हजार ३१९ प्रहरीको दरबन्दी भए पनि हाल झण्डै १० हजार प्रहरीले सुरक्षा प्रदान गरिरहेका छन् ।
कार्यालयले उपत्यकाभित्र प्रहरीले गरेका कामलाई नजरअन्दाज गर्न रानीपोखरीबाट विशेष ड्युटीसमेत खटाएको छ । उपत्यकाभित्र हुने अपराध न्यूनीकरण र प्रहरीले गरेको कामको अनुगमनका लागि विशेष ड्युटी खटाएको हो ।
प्रहरी कर्मचारीलाई हौसला प्रदान गर्न घुससहित पक्राउ गर्ने प्रहरी कर्मचारीलाई कार्यालयका हाकिमले फोन गरेर धन्यवादसमेत दिने गरेका छन् । कार्यालयले प्रहरीलाई घुस दिन खोज्नेलाई पक्राउ गरी मुद्दासमेत चलाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।