चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन सञ्चालनमा आयाे
कात्तिक २२, २०८१ बिहिबार
रुकुम पश्चिम – रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले गुरिल्ला म्याराथन सञ्चालन गरेर जनयुद्ध दिवस मनाएको छ ।
गाउँपालिकाको आयोजनामा सम्पन्न ‘मौराखारा गुरिल्ला म्याराथन’को उपाधि गोरखाका भिमबहादुर गुरुङले जितेका छन् । गुरुङले निर्धारित २३ किलोमिटर दूरी ३ घण्टा १८ मिनेटमा पूरा गर्दै उपाधि जितेका हुन् ।
त्यसैगरी ३ घण्टा २२ मिनेटमा दूरी पार गरेका सानीभेरी गाउँपालिका–३, रुकुमका अर्जुन बस्नेत दोस्रो तथा मुसीकोट नगरपालिका–७ साँखका दुर्गाराज बुढा तेस्रो भएका छन् । बुढाले ३ घण्टा २४ मिनेटमा पूरा गरेका थिए । त्यस्तै ३ घण्टा २८ मिनेटमा दौड पूरा गरेका प्यूठानका दामोदर बुढामगर चौथो भएका छन् । म्याराथनमा ६१ जना सहभागी भएका थिए ।
गुरिल्ला म्याराथनको विजेताले ६० हजार, उपविजेताले ४५ हजार, तेस्रोले ३५ हजार र सान्त्वना हुनेले १० हजार पुरस्कार प्राप्त गरेको आयोजकले जनाएको छ । म्याराथनमा उत्कृष्ट १० खेलाडीलाई पनि सम्मान गरिएको आयोजक सानोभेरी गाउँपालिकाले जनाएको छ ।
म्याराथन तत्कालीन नेकपा माओवादीले १० वर्षे जनयुद्धमा प्रयोग गरेको बाटोमा सञ्चालन गरिएको हो । सानीभेरी गाउँपालिका कार्यालय सिम्लीबाट सुरु भएको प्रतियोगिता मौराखारा, चाख्लेमेला, रिम्ना दोभान, जाजरकोटको रिम्ना हुँदै सुरुभएको स्थानमा पुगेर समाप्त भएको होे ।
मौराखारा गुरिल्ला म्याराथन २०७४ सालबाट सुरुवात गरिएको हो । सानीभेरी गाउँपालिको आयोजनामा हुँदै आएको म्याराथन गाउँपालिकाभित्रका ऐतिहाँसिक तथा पर्यटकीय क्षेत्रहरुलाई चिनाउन महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।